धरान, माघ ३ । धरानका प्लस टुमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शुरु गरिएको वक्तृत्वकला प्रतियोगीता धरान प्लस टु अरेटरी च्यालेन्जको मङ्गलबार सम्पन्न अडिसनबाट १७ जना प्रतिष्पर्धीहरु सेमीफाईनल प्रवेश गरेका छन् ।
आयोजक ¥याडिकल लाईट नेपाल प्रा.लि. धरानले सो का लागि धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा अडिसन आयोजना गरेको थियो । प्रा.ली.का अध्यक्ष तथा वक्तृत्वकला प्रशिक्षक तीर्थ कार्कीका अनुसार अडिसनबाट १७ जना विद्यार्थी सेमीफाईनलका लागि छनौट भएकाछन् ।
उहाँका अनुसार शिक्षा निकेतन मा.वि.का पुजा लम्साल र ल्हाक्पा तामाङ, पव्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली, शारदा बालिका नमुना मा.वि.का सृष्टि लुईटेल सेमीफाइनलका लागि छनौट भएका छन् । धरान आदर्श बोर्डिङ मा.वि.का राज कट्टेल र आकृति शङ्कर, शिक्षा सन्देस सेकेण्डरी बोर्डिङका देवका कार्की, पब्लिक मा.वि.फुस्रेका खुश्बु शर्मा र बाल कुमार राई, डिपोट सेकेन्डरी स्कुलका यसन राई र अनिशा श्रेष्ठ पनि सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनल प्रवेश गर्ने अन्य विद्यार्थीहरुमा धरान–मेघा हिमालयनका क्याथरिन योन्जन, किरातेश्वर मा.वि.का दिपिशा राई, एम्स एकेडेमीका अदिति झा र धरान मा.वि.का स्मृति लिम्बु रहेका छन् । सहभागिहरुले ‘बढ्दो भ्रष्टाचारले देश विकासमा पार्ने असर’ शिर्षकमा वक्तृत्वकला प्रस्तुत गरेका थिए । विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना, आत्मविश्वास, व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्धेश्यले प्रतियोगीता आयोजना गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही र सहिद स्मृति मा.वि.का शिक्षक टङ्क भट्टराई रहेको दुई सदस्यिय निर्णायक समितिले विद्यार्थीहरुको छनौट गरेको थियो । धरान उप–महानगरव्यापी अरेटरी च्यालेन्जमा धरानका विभिन्न बिद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत २३ जना विद्यार्थीहरुको सहभागिता थियो । कार्यक्रममा सहिद स्मृति मा.वि.का प्रधानाध्यापक रामबहादुर बिष्ट र रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठको उपस्तिथि थियो । कार्यक्रमको सहजीकरण आहाना प्रधानले गर्नुभएको थियो ।
..................