बागियान साहित्यिक पत्रिका अङ्क ६, वि.सं. २०७३ (असोज कार्तिक) का लागि पत्रिकाका सम्पादक श्रीशीशा राईले साहित्यकार सरिता तिवारीसँग लिनुभएको यस अन्तरवार्ता सान्दर्भिक हुने ठानेर यहाँ प्रकाशित गरिएको छ ।–प्रधान सम्पादक
तपाईको अर्थमा पहिचान भनेको के हो ?
केही खास आधारहरूमा ब्यक्तिलाई अरुभन्दा भिन्न देखाउने गुण पहिचान हो । अनुहारको नाप नक्सा, स्वभाव, लवज, पहिरन, बैयक्तिक संस्कार जस्ता कुराले मानिसलाई अर्कोभन्दा फरक देखाउँछ । ब्यापक अर्थमा भन्नुपर्दा निश्चित प्रकारको जाति, समुदाय, लिङग, संस्कृति वा भाषासँग गाँसिएर कुनै ब्यक्ति वा समुहका मौलिक विशेषता खुट्याउनुलाई पहिचान भनेर मैले बुझेको छु । भूगोल, हावापानी र समाज अनुसार पहिचानका स्वरुप अलग अलग हुन्छन् । एउटा भाषा, संस्कृति वा जातिमा सहज, स्वभाविक लाग्ने विषय वा प्रसंग अर्कोमा असहज मात्र होइन, ठीक विपरित पनि लाग्न सक्छन् । यस अर्थमा पहिचान भन्नु अर्को भन्दा फरक र विशिष्ट हुने वा देखिने गुण हो ।
नेपाली साहित्यमा पहिचान साहित्य लेखनको अवधारणालाई कसरी लिनुभएको छ ?
नेपाली साहित्यमा पहिचानको लेखनका बिउ त धेरै अगाडिदेखि नै भेटिन्छन् । त्यसलाई पहिचान साहित्य भनिएको भने थिएन । स्थानिय, आञ्चलिक वा क्षेत्रीय साहित्यका रुपमा तिनको ब्याख्या गर्ने गरिएको थियो । नेपाली बाहेक अरु भाषाको साहित्यलाई संस्थापनद्वारा नै लगभग अन्यीकरण गरिएकाले मूल धारको साहित्यमा संस्कृतिहरूका आलङ्कारिक बिम्बहरू मात्र बढी आएका थिए, तिनका विशिष्टताहरू आएका थिएनन् । पहिचानका विशिष्ट चरित्र, त्यसका खास खास विशेषतासहित सोद्देश्य रुपले नै लेखिन थालेको चाहिँ पछिल्ला केही दशकहरूमा नै हो । नेपाल राज्य विस्तारका क्रममा गोरखा वा अझ भनौं मध्य नेपालबाट प्रसार भएको नेपालीपन र नेपालीय भावको एकरेखीय विस्तारले यहाँको पहिचानका स्वरुपहरूलाई कमजोर मात्र होइन कतिपयको त अस्तित्व संकटकै स्थिति समेत बनाइदिएको हो । वर्ण र जाति ब्यवस्थाको राज्यपोषित पद्धतिले खस आर्य बाहेक अन्य समुदायका भाषिक, सांस्कृतिक मूल्यहरूमाथि चरम अतिक्रमण गरेको तथ्य छर्लङ्गै छ । बहुल जाति, भाषा र संस्कृतिको समुच्चयका रुपमा सबैको भाषिक, सांस्कृतिक अधिकार प्रत्याभूत हुन पाएको भए राज्यका मूलप्रवाहमा सबै खाले समुदायको समान सहभागिता हुने थियो । तर त्यसो हुन दिइएन । यो राजनीतिक कुरा थियो । हिजोका दिनमा राजनीति र प्रशासन संयन्त्रको पूर्ण केन्द्रीकरण मात्र होइन परिधीय भाषा, संस्कृतिमाथि नियोजित रुपले नै विभेदको नीति अपनाइएको थियो । नेपाली भाषा बाहेकका साहित्यलाई मूलप्रवाहमा स्वीकृत नगर्ने काम राज्यबाट संस्थागत रुपले नै भएकाले पछिल्लो समयमा आएको राजनीतिक चेतनाको उभारसँगै साहित्यमा पहिचानको मुद्दा जबर्जस्त रुपले उठ्ने स्थिति आएको हो भन्ने मेरो बुझाइ छ । क्षेत्रीय, जातीय र सांस्कृतिक अस्मिता रक्षाको राजनीतिले मुखर रुप लिन थालेपछि, लैङिगक र अल्पसंख्यकहरूका मुद्दामा अधिकाधिक बहस हुन थालेपछि पहिचान साहित्यको अवधारणाले ब्यापकता पाएको देखिन्छ । यो समयानुकुल पनि छ ।
क्षेत्रीय, जातीय र सांस्कृतिक अस्मिता रक्षाको राजनीतिले मुखर रुप लिन थालेपछि, लैङिगक र अल्पसंख्यकहरूका मुद्दामा अधिकाधिक बहस हुन थालेपछि पहिचान साहित्यको अवधारणाले ब्यापकता पाएको देखिन्छ । यो समयानुकुल पनि छ ।
नेपालमा पहिचान साहित्य लेखनको आवश्यकता र औचित्यबारे तपाईको मत के छ ?
पहिचान साहित्यको अवधारणा पछिल्लो पचास वर्ष यता विश्वराजनितिमा देखापरेको identity politics सँगै गासिएर विकसित भएको हो । सामाजिक, सांस्कृतिक विभेदीकरणमा परेका विभिन्न समूह र समुदायको अधिकार रक्षाको आन्दोलनसँग गाँसिएको भनिने पहिचानको राजनीतिलाई पुँजीवादीहरूले समाजवादी वर्गीय मुक्ति तथा सर्वहारा अधिनायकत्वको आन्दोलनबाट सामान्य मानिसको ध्यान छिरोल्न प्रयोग गरेको हथकण्डा भन्ने आरोप पनि लागेको देखिन्छ । यसमा केही सत्यता नहोला भन्न सकिन्न । तर दोस्रो विश्वयुद्धपछि विकसित परिस्थितिमा युरोप अमेरिकाभरि कतिपय निर्धारित र कतिपय स्वस्फूर्त आन्दोलनका लहरहरू उठ्नु र तिनले खासगरी अल्पसंख्यक र ओझेलमा पारिएकाहरूलाई प्राथमिकतामा राख्नु सबैका सबै संयोग वा पुँजिवादी परियोजना मात्रै भने लाग्दैन । रङ्गभेद, भाषा, जाति र संस्कृतिका मुद्दाहरूलाई समकालीन बहसको केन्द्रमा ल्याउनु यसको मूल अवदान मान्नुपर्छ । खास गरी अफ्रिकी र अफ्रो अमेरिकी, एशियन वा ल्याटिन अमेरिकी साहित्यले मूलधारमा गरेको हस्तक्षेपका पछाडि पहिचानकै डिस्कोर्स छ । मूलतः रङ्गभेदको जाँतोमा पिल्सिएर मान्छेको दर्जा नै नपाएका अश्वेतहरू, आप्रवासी श्रमिकहरू, शरणार्थीहरू, युद्धबाट निर्वासितहरू, महिला वा विभिन्न समुदायका अल्पसंख्यकहरूले मूल धारामा आफूलाई एडप्ट गराउने क्रममा आफ्ना मौलिक भाषा, स्मृति, जातिय वा संस्कृतिगत प्रतीक, मिथक र रुपकहरू प्रयोग गर्दै जाने सिलसिलामा identity literature को अवधारणा आएको हो । विभिन्न राजनीतिक, आर्थिक कारणहरूले देशहरूका सीमा नाघ्दै अर्को देशको भाषा र संस्कृतिसँग ठोक्किँदा कुनै लेखकले आफ्ना मौलिकता उजागर गर्ने गरी भाषिक, सांस्कृतिक र स्मृतिगत पक्षहरू ल्याउँदा त्यसले जन्माएको डिस्कोर्सलाई identity का नाममा परिभाषित र व्याख्या गरियो । समयान्तरमा यसले नेपाली साहित्यमा पनि प्रवेश पायो । हाम्रोमा पहिचानलाई बुझ्ने प्रश्नमै ब्यापक अन्योल छ भन्ने लाग्छ । यसलाई यहाँको सामाजिक–सांस्कृतिक आयतनको संवेदनशीलतासँग गाँसेर हेर्ने इच्छाशक्तिको अभावका रुपमा मैले हेर्ने गरेको छु ।
यो विषयमा हामी जति उदार र सहिष्णु हुन सक्यौं, त्यति साहित्यको सामथ्र्य बढ्ने हो । केही पहिले एकजना प्रभावशाली पहिचानवादी लेखकले युग पाठकको युमा नाटकको प्रसंगमा भनेको कुराले मलाई झसङ्गै बनाइदियो । उनले भने –...मूला त्यो बाहुनले लेखेर हामी मान्छौं ?
एकातिर पहिचानको धाराको नामै सुन्न नचाहने प्रबृत्ति छ । पहिचानका सार्वभौम प्रस्तावनालाई समेत समाज भाँड्ने कुत्सित तत्वका रुपमा ब्याख्या गरेर यसलाई सकेसम्म साहित्यमा प्रवेश गर्नै नदिने मनोबृत्ति छ भने अर्कोतिर यसको पक्षपोषण गर्नेहरूकै गलत ब्याख्याका कारण यससम्बन्धी बुझाई एकाङ्गी हुन पुगेको छ । वास्तवमा यो पहिचान पक्षधरहरूकै लागि क्षतिदायक भैरहेको छ । पहिचानको धारालाई नै स्वीकार गर्न नसक्नु त नेपाली समाजको बहुुलतालाई पूर्णतयाः निशेध गर्नु नै हो । सयौं थुँगा फूलका हामी एउटै माला नेपाली भन्दै राष्ट्रगान पनि गाउने तर एउटै मात्र फूलको वासनामा समयको सुगन्ध पनि खोज्ने पाखण्ड र द्वैध चरित्र यसमा देखिन्छ । समस्या यहाँ पहिचानको धारालाई विरोध गर्नेहरूको मात्र होइन समर्थन गर्नेहरूको पनि उत्तिकै छ । यसलाई नश्लीय घेरामा मात्रै राखेर बुझ्ने र ब्याख्या गर्ने कुरा विल्कुलै गलत छ जसले पहिचानको विषयलाई साँघु¥याउँदै र खण्डित गर्दै लैजाने खतरा म देख्छु । यसले नेपाली मौलिकतासहितका पहिचानका विविध आयामलाई निशेध गर्ने छ । यो डरलाग्दो कुरा हो । यसले हामीलाई वक्ता या लेखकको डिएनए परिक्षणसम्मको पागलपनमा पु¥याएर सिध्याइदिने छ । पहिचानको मुद्दामा बोल्ने प्राधिकार कोसँग छ ? यो कुरामा पनि हामी अपेक्षित उदार हुन सकेका छैनौं । जसरी महिलामाथिका विषयमा कुनै न्यायप्रेमी पुरुष साधिकार बोल्न सक्छ र त्यस अवस्थामा उक्त पुरुषको पक्षधरता नारीवादी हुन्छ । नारीवादी हुन नारी जननेन्द्रीय भएकै ब्यक्ति चाहिन्छ भन्ने कुरा त भएन । त्यस्तै, खस आर्य समुदायको कुनै लेखकले बोटे, मुसहर या झाँगड आदिका राजनीतिक सांस्कृतिक अधिकार र सामाजिक एडप्सनका बारे बोल्न सक्ने भयो । शेर्पा, थारू, मधेशी या लिम्बुका सांस्कृतिक पहिचानबारे उही समुदायका लेखकले मात्र नभई सरिता तिवारीजस्ता भिन्न समुदायका मान्छेले पनि बोल्न, लेख्न सक्ने भयो । त्यही समुदायका लेखकले लेख्दा बढी प्रामाणिक हुन सक्ने कुरा त होला नै, तर सन्दर्भको ऐतिहासिकता र त्यसको गहनताभित्र पसेर अरुले लेख्दा पहिचानको धारा बलियो नै हुने हो । यो विषयमा हामी जति उदार र सहिष्णु हुन सक्यौं, त्यति साहित्यको सामथ्र्य बढ्ने हो । केही पहिले एकजना प्रभावशाली पहिचानवादी लेखकले युग पाठकको युमा नाटकको प्रसंगमा भनेको कुराले मलाई झसङ्गै बनाइदियो । उनले भने –...मूला त्यो बाहुनले लेखेर हामी मान्छौं ?
हाम्रोमा पहिचान लेखनबारे विमर्श र बहस हुनुपर्ने जति भएको छैन । बहुल भाषा, संस्कृति, अनेक जाति र राष्ट्र मिलेर बनेको यो देशमा हरेक समुदाय र समूहको स्मृति, इतिहास र समवेदनाको प्रकाशन र विमर्शका साथै जनसंख्याको आधा हिस्सा ओगटेका महिलाका उद्वेग, आँशु, पौरख र प्राप्तिले मूल प्रवाहीकरण हुन यी सबैका एजेण्डालाई एकमुष्ठ परियोजनामा स्थापित गर्नु जरुरी छ । बहुधा स्वरुपको समाजका मौलिक चरित्रहरू प्रकाशित हुँदा एकले अर्कोलाई चिन्ने र सम्मान गर्ने वातावरण निर्माण भई विभिन्न स्वरुप र चरित्रमा बाँचिरहेको समाजले आपसमा सौहार्दपूर्ण अन्तरसंवाद गर्न पाउँछ । नेपालजस्तो देशमा यसको प्रासंगिकता लामो समयसम्म रहिरहन्छ भन्ने म ठान्छु । पहिचानको विमर्शलाई विषयान्तर र खण्डित हुन नदिई सामाजिक न्यायको बृहद् फलकभित्र समेटेर यसको ब्यापक लेखन र विमर्श सघन हुँदै जानु पर्छ । यसले हाम्रो साहित्यको मौलिक अनुहार र तागत हामी आफैं समक्ष मात्र होइन, विश्वसमुदायसम्म पनि पु¥याइदिने छ ।
नेपाली साहित्यमा पहिचान साहित्य लेखनको वर्तमान अवस्था केकस्तो पाउनुहुन्छ ?
आधिकारिक रुपले बीसौं शताब्दीको सन् ८० को दशकमा पहिचानको आन्दोलन थालिएको रहेछ । परिधीय समुदायका विशिष्ट पहिचानहरूको पैरवी गर्दै उदाएको यो विचारलाई खासमा उत्तरसंरचनावादी र उत्तरआधुनिकतावादी सिद्धान्तको उपज मानिन्छ । नेपालमा पनि शुरुमा त आफूलाई उत्तराधुनिकतावादका पक्षपोषक भन्न रुचाउने समालोचकहरूबाट नै पहिचान साहित्यबारे चर्चा र विमर्श भएजस्तो लाग्छ । तर पछिपछि उनीहरूले यसबारे बोल्न छोडदै गएको देखिन्छ । नेपाली इतिहास र संस्कृतिको विशिष्टतालाई मध्यनजर गरेर अहिले पहिचानको लेखनलाई समर्थन र पक्षपोषण गर्ने काम मूलतः राजनीतिक सांस्कृतिक परिवर्तनको प्रस्तावनाका पक्षधरहरूबाट भएको छ । यद्यपि, पहिचानको धार माक्र्सवादको विखण्डन हो भन्ने मत पनि नसुनिने होइन । तर केन्द्रीकृत र एकात्मक प्रणाली भएको देश जहाँ १२३ भाषा र १२५ जातिगत समुदायको बसोवास छ , यस्तो देशमा सबै आन्दोलनलाई वर्गीय आन्दोलनले मात्रै सम्बोधन गर्न सक्छ भन्ने सोच राख्नु यहाँको बहुल सांस्कृतिक स्वरुप र तिनका विजय, पराजयका ऐतिहासिक वस्तुस्थितिलाई नजरअन्दाज गर्नु हुन जान्छ । वि.सं.२०६२/०६३ को परिवर्तनपछि राजनीतिकसँगै सांस्कृतिक ट्रान्जिसनको यो समयमा सवैभन्दा टड्कारो चिनिने गरी भनिएको कथ्य नै पहिचान साहित्य हो तर यही नै मूल धार बनेको अवस्था भने होइन । मूलतः कवितामा त्यसपछि कथा, उपन्यासमा यो देखिएको छ । समाजशास्त्रीय अनुसन्धान या राजनीतिक विश्लेषण र सांस्कृतिक बहसहरूले पनि पहिचानको विषयलाई अभिमुखीकरण गरिरहेका छन् । यसले पहिचानवादी साहित्यलाई थप बल पुगेको देख्छु ।
हाम्रामा अहिले लेखिरहेका र मैले अलि पढेका आहुति, भुपाल राई, स्वप्निल स्मृति, केशव सिलवाल, हाङ्युग अज्ञात, संगीत स्रोता, सीमा आभास, राजु स्याङ्तान, निभा शाह, विना थिङ्, राबत लगायतका कविहरूलाई सम्झन चाहन्छु । अभय श्रेष्ठ, युग पाठक, राजन मुकारुङ्हरूले आख्यान, अखवारी स्तम्भ, लेख र निबन्धहरूमा समेत गरेको मेहनतले यो डिस्कोर्सलाई अझ बलियो पारेको देख्छु ।
सामान्यतयाः पहिचान लेखन भन्नासाथै हामी प्रायः जनजाति समुहका केही लेखकको लेखन मात्र सम्झन्छौं तर त्यो त एउटा पक्षमात्र हो । यसमा वहाँहरूको श्रम अलि बढी छ, संकल्प पनि बलियो छ । तर हामीले बिर्सन नहुने कुरा के हो भने यसमा भाषागत, क्षेत्रीय, संस्कृतिजन्य, लैङ्गिक, परालैङ्गिक, सीमान्तीकृत लगायतका अस्मिताका ज्वलन्त प्रश्न र प्रस्तावनाहरू आउछन् । यतिसम्म कि आजसम्मको शासकीय स्वरुप र शैलीले उत्पीडनमा परेका उपेक्षित क्षेत्रका खस आर्य समुदायको छटपटी र उच्छवास पनि पहिचानकै मुद्दा हो । छिमेकी मुलुक भारतमा राज्यसँग आँखा जुधाएर अस्मिताको लडाइँमा भिडेका हामीले चिनिरहेका पढिरहेका कविहरूका कविताको शब्दशक्ति र भङ्गिमा हेरौं, झारखण्डको आदिवासी समुदायकी कवि निर्मला पुतुल या पूर्वोत्तरको क्षेत्रीय राजनीति र जातिय आन्दोलनकै वरिपरि कविता लेखिरहेका नेपालीभाषी कविहरू टिका भाइ, राजा पुनियानी, मनोज बोगटी आदिका कवितामा पहिचानको लेखनका दृष्टान्त भेट्न सक्छौं । हाम्रामा अहिले लेखिरहेका र मैले अलि पढेका आहुति, भुपाल राई, स्वप्निल स्मृति, केशव सिलवाल, हाङ्युग अज्ञात, संगीत स्रोता, सीमा आभास, राजु स्याङ्तान, निभा शाह, विना थिङ्, राबत लगायतका कविहरूलाई सम्झन चाहन्छु । अभय श्रेष्ठ, युग पाठक, राजन मुकारुङ्हरूले आख्यान, अखवारी स्तम्भ, लेख र निबन्धहरूमा समेत गरेको मेहनतले यो डिस्कोर्सलाई अझ बलियो पारेको देख्छु ।
पहिचान साहित्य लेखनले अपनाउनुपर्ने प्रवृत्ति र शैलीबारे तपाईको कुनै विशेष धारणा छ की ?
सिर्जनात्मक लेखनको तहमा विस्तार भएपनि हाम्रामा पहिचान साहित्यका मौलिक स्वरुपहरूको सिद्धान्तीकरण भैसकेको छैन । जहाँबाट यो अवधारणाको जन्म र विकास भयो त्यहाँको पहिचानका सबै स्वरुपसँग हाम्रो पहिचानका स्वरुपहरू मेल खाँदैनन् । यहाँको पहिचानका फरक विशिष्टताहरू छन् । त्यसको आवर्तन साहित्यमा पनि हुनुपर्छ । दोस्रो महायुद्धपछि थालिएको दोस्रो लहरको नारीवादी आन्दोलन, अमेरिकामा उठेको अश्वेत नागरिक अधिकारको आन्दोलन, समलिङगी अधिकारको आन्दोलन, भारतीय मूलका अमेरिकीहरूको आन्दोलन आदिसँगै उदाएको(plato.standford.edu) पहिचान राजनीतिबाट प्रभावित भएर पछिल्ला केही दशकहरूमा वैश्विक प्रभाव पारिरहेको यो लेखनका प्रायोगिक नेपाली मौलिकताहरू के के हुन् ? तिनको ठीक ठीक खोजी हुनुपर्छ । यसको सिद्धान्तीकरण पनि हुँदै जानुपर्छ भन्ने लाग्छ ।
वि.सं.०६२÷०६३ को राजनीतिक आन्दोलनपछि विभिन्न जातीय र क्षेत्रीय आन्दोलनहरू उठे । यो सहज र स्वभाविक कुरा थियो । किनभने आन्दोलनको थिम नेपालको राज्यब्यवस्था लोकतन्त्र हँुदै गणतन्त्रमा संक्रमण हुने भन्ने थियो । गणतन्त्र भनेको शासनब्यवस्थामा जनताको प्रत्यक्ष पहँुच र अधिकारसहितको समावेशी प्रणाली हो भनेर हामीले बुझेका छौं । जनता भनेको भीड मात्र होइन । फरक फरक भाषा, संस्कृति, ऐतिहासिक संवेदनासहितको समुदायहरूको समुच्चय हो भनेर बुझ्नासाथ नयाँ नेपालको परिकल्पनाभित्र हरेक समुदायका जनताको समावेशी र समानुपातिक सहभागिताको माग सहित उठेका आन्दोलनहरू सही थिए भन्ने बुझ्न गाह्रो पर्दैन । नेपाली पहिचान लेखनको प्रासंगिकताको थालनी गराउने ऐतिहासिक संघटना यिनै आन्दोलनहरू हुन् । यो कुरा कसैले चाहेर वा नचाहेर मेटिन सक्दैन ।
पहिचानको लेखन कुनै जाति वा समुदायको रक्त शुद्धता र मुद्दामा बोल्ने प्राधिकारका लागि डिएनए टेस्ट गर्ने अति नश्लीय हठ होइन बरु बञ्चितिकरणमा परेका समुदायका राजनीतिक सांस्कृतिक अधिकार स्थापित गर्ने कुरा हो । यो कुरा सबैमा लागु हुन्छ ।
पहिचानको लेखन कुनै जाति वा समुदायको रक्त शुद्धता र मुद्दामा बोल्ने प्राधिकारका लागि डिएनए टेस्ट गर्ने अति नश्लीय हठ होइन बरु बञ्चितिकरणमा परेका समुदायका राजनीतिक सांस्कृतिक अधिकार स्थापित गर्ने कुरा हो । यो कुरा सबैमा लागु हुन्छ । एउटै समुदायमै पनि सत्तासँग पहुँच हुने सम्पन्नहरूका र शक्तिहीन सर्वाल्टर्नहरूका मनोदशा र सत्तासँगका घर्षण फरक प्रकृतिका हुन्छन् भन्ने कुरा बुझ्नु जरुरी छ । दोस्रो कुरा, पहिचानवादी लेखनमा आफ्नै समुदायको साझा वाणी बोल्न सक्ने संवेदनात्मक ऐक्यबद्धता पनि जरुरी छ । जस्तै, मधेशको कुरा गरौं । पहिचानको विषयमा सबै मधेशीको एउटै स्वर त सुनिँदैन । पहाडीमूलका शासकवर्ग र तराईका शासक मधेशी वर्गका चरित्रमा तात्विक फरक त होला तर तराईकै शासित माझी, बोटे, बादी, मुसहर, पत्थरकट्टा, चिडीमार जस्ता समुदायलाई हेर्ने दृष्टिमा त फेरि दुवै लगभग समान ठाउँमा देखिन्छन् । केन्द्रीय शासकवर्गबाट मधेशी वर्गप्रति, यहाँको भूगोल, संस्कृति र लवाइखवाइप्रति गर्ने उपेक्षा र यहींको उपल्लो वर्गले यहाँका सीमान्तीकृत समुदायलाई गर्ने उपेक्षाको ग्राफिक सिमिलारिटी र डिफरेन्स कति छ ? हो, यस्तो कुरा पनि पहिचान लेखनबाट ओझेल पर्नु हँदैन । आखिर पहिचानको राजनीति भनेको पावर पोलिटिक्ससँग गाँसिएको कुरा रहेछ । जुन समुदाय शक्तिमा छ, जसको सत्ता चल्छ, उसैका संस्कृति, भाषा, वर्ण, लिङ्ग जस्ता पहिचानको मानकीकरण हुने रहेछ । यो त जुगौं अघिदेखि रहेछ । अन्यीकरणमा परेको समुदायले अहिले गरेको पहिचानको राजनीति त त्यसैको काउण्टर मात्र रहेछ । हामीले बुझ्नुपर्ने गुत्थी त यो हो । पहिचान लेखनको ध्येय एउटा स्थापनालाई जबर्जस्ती स्थानच्यूत गरेर आफूलाई मात्र शक्तिशाली बनाउने त होइन । नयाँ स्थापनामा आफ्नो भूमिका र स्पेश खोज्नु हो । आफ्ना गौरवशाली इतिहास र स्मृतिका दमित पत्र खोतल्नु हो । आफ्ना कथाहरू भन्नु, आफ्नै भाषा, ध्वनि र भङ्गिमाको मानकीकरण गर्ने कुरा हो । हौवा पिटिएजस्तै बाहुन क्षेत्रीका पहिचानलाई नामेट पारेर जनजाति वा सीमान्तीकृतका पहिचानलाई मात्र अभिलेखन गर्ने निशेधवादी लेखन पनि यो होइन । कतिपय नाम चलेकै खस आर्य समुदायका लेखकहरू जनै वा टुप्पीको पहिचानको कुरा गरेर लोक हँसाउछन् । अरुले पहिचानको कुरा गर्दा वा लेख्दा आफ्ना जनै वा टुप्पीमाथिको संकटका रुपमा बुझ्नु झन अर्को अतिशय हो । आफना विशिष्ट पहिचानलाई तार्किक रुपले संरक्षण गर्ने अधिकार सबैलाई छ तर आफ्नो पहिचानको संरक्षण गर्ने तर्क गर्दा अरुको पहिचानको निशेध गर्नु या हुर्मत लिनु कसैका लागि पनि हितकर छैन ।
पहिचानको लेखनले लेखनका माध्यमबाट शासनब्यवस्था, नीति निर्माण, कला साहित्य, राजनीति, सामाजिक मनोविज्ञान र सोचको ठूलो फलकमा प्रभाव पार्ने गरी सबैको स्पेस र सम्मानको समकालीन संकथन निर्माण गर्ने हो । यो रस्साकस्सी र छेउभित्ताको खेल होइन । इतिहासमा लामो समय मौन बस्नुपरेका समुदायको समेत बक् फुटेको यो समयमा सर्वाइवल अफ् दि फिटेस्ट होइन सबैले सर्वाइव गर्न सक्ने सबैको अपनत्वसहितको साझा समाज, साझा देश बन्नुपर्छ भन्ने सामाजिक न्यायको प्रकार्यात्मक आन्दोलनसँग जोडिएको कुरा हो । यसमा पहिचान लेखनको विरोध गर्नेहरू मात्र होइन पहिचानको लेखन गर्नेहरू, यसमाथि विमर्श गर्ने, नयाँ संकथन तयार गर्नेहरू समेत संवेदनशील हुनुपर्छ ।
कवितामा जति आएको छ अरु बिधामा पहिचानका कुरा त्यसैगरी आएका छैनन् । अबका उपन्यास र कथाहरूमा जबर्जस्त रुपमा यो आउन बाँकि छ । महिला आफैंले लेखेर आउन सक्ने कुरा अझै धेरै बाँकि छन् । सुदुर सीमान्तीकृतका कुरा आउन बाँकि छ । विभिन्न खाले अल्पसंख्यकहरूका अनुभव र पीडा खुलेर आउन बाँकि छ ।
...........