धरान, पुस २५ । नेपाल आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज) सुनसरीको विहीबार इटहरीमा आयोजित पाँचौ अधिवेशन निर्वाचन समितिको अक्षमताका कारण अनिर्णयको बन्दी बन्न पुगेको छ ।
निर्वाचन समितिको अपरिपक्व कदमका कारण विहीबार नै सक्ने गरी उद्घाटन गरिएको अधिवेशन नयाँ कार्यसमिति चयन नगरी स्थगीत भएको छ । फोनिजका प्रदेश अध्यक्ष सन्तविर लामाको संयोजकत्वको निर्वाचन समितिमा सुकदेव चौधरी, भोजराज श्रेष्ठ, दिपिन राई र प्रदिप चौधरी सदस्य रहनुभएको थियो ।
उद्घाटन पश्चात निर्वाचन प्रक्रिया अघि बढाएको समितिको कामकारवाही उम्मेदवारी मनोनयन दर्ता गराएपछि भने एकाएक सुस्त बनेको थियो । उम्मेदवारी दर्तामा भारी शुल्क तोकेको निर्वाचन समितिले दर्ता शुल्क सङ्कलन गरिसकेपछि भने ‘पुग्दो खर्च उठिसक्यो अरु जेसुकै होस्’ भने झैँ एक्कासी प्रक्रियाको रफ्तारमा सुस्तता छाएको थियो । दर्तापछिको उम्मेदवारको नामावली प्रकाशन, दावी विरोध लगायतको प्रक्रियालाई गम्भिरतापुर्वक अगाडी बढाइएन । उम्मेदवारको अन्तिम नामावली प्रकाशन नहुँदा ककसको उम्मेदवारी परेको हो भन्ने कुरामा प्रतिनिधिहरु अन्यौलमा देखिन्थे ।
एकैचोटी अध्यक्षका उम्मेदवारहरुलाई छलफलमा बोलाउँदा मात्र अध्यक्ष पदमा ककसको उम्मेदवारी प¥यो भन्ने थाहा भएको थियो । अध्यक्ष पदमा नेवा पत्रकार राष्ट्रिय दबुका भोला श्रेष्ठ र थारु पत्रकार संघका सुनिल चौधरीको उम्मेदवारी परेको थियो । उम्मेदवारहरुको नाम गोप्य राखेर निर्वाचन समितिले नै माहौल विगार्ने काम गरेको प्रतिनिधिहरुको गुनासो थियो ।
यसअघि निर्वाचन प्रक्रिया शुरु गरे लगत्तै विभिन्न जातिय पत्रकार संगठनहरुबाट प्रदेश र केन्द्रिय पार्षदहरुका आकाँक्षीहरुको नाम माग गरिएको थियो । तर यो कार्य निर्वाचन प्रक्रिया अन्तर्गत थिएन । संगठनहरुले नामावली बुझाएपनि यसबारे न छलफल गराइयो न निष्कर्ष नै दिइयो । बरु यहीबाट नै सहभागी प्रतिनिधिहरु विभाजित हुने क्रम शुरु भईसकेको थियो । यसको उपादेयता सिद्ध नभएपछि अन्ततः सबै तहका उम्मेदवारहरुका लागि मनोनयन दर्ता शुरु गरिएको थियो ।
यसअघि निर्वाचन प्रक्रिया शुरु गरे लगत्तै विभिन्न जातिय पत्रकार संगठनहरुबाट प्रदेश र केन्द्रिय पार्षदहरुका आकाँक्षीहरुको नाम माग गरिएको थियो । तर यो कार्य निर्वाचन प्रक्रिया अन्तर्गत थिएन ।
अन्य पदहरुमा परेको उम्मेदवारीलाई आन्तरिक रुपमा मिलाइए पनि अध्यक्ष पदमा सहमति हुन सकेन । यसका लागि उपस्थित प्रतिनिधिहरुलाई छलफलको अवसर पनि दिइएन । यतिसम्म कि आयोजकको साँगठानिक तथा आर्थिक प्रतिवेदनलाई समेत छलफल र पारित गराइएन ।
केही प्रतिनिधिहरुले थारु पत्रकार संघबाट अध्यक्षमा परेको उम्मेदवारी बारे विरोध जनाएका थिए । सुनसरीमा क्रियाशिल आदिवासी जनजाति पत्रकारहरु मध्ये लिम्बु, राई, चौधरी र गुरुङ गरी चार जातिय क्लस्टरहरुले यसअघि नेतृत्व गरिसकेकाछन् । फोनिजको आधारभूत अवधारणा र एजेण्डा अनुसार सबै क्लस्टरहरुलाई नेतृत्वको अवसर दिइनुपर्ने मान्यता छ । यसअघिका र अन्य जिल्लाका अधिवेशनमा पनि यही अवधारणालाई अवलम्बन गरिएको छ । सुनसरीमा यसअघि थारु पत्रकार संघका तर्फबाट धिरेन्द्र चौधरीले नेतृत्व गरिसकेको अवस्थामा पुनः सुनिल चौधरीले उम्मेदवारी दर्ता गराएकोमा प्रतिनिधिहरुको असन्तुष्टि थियो । बाँकी क्लस्टरहरु तामाङ र नेवारको नेतृत्व बाँकी भएकोले यी दुई जातिय संगठनबाट नेतृत्व गरिनुपर्छ र सुनिल चौधरीको उम्मेदवारी फिर्ता हुनुपर्छ भन्ने आवाज उठेको थियो । तर यसलाई निर्वाचन समितिले गम्भिरतापुर्वक लिएन र छलफल गराएन ।
यसविचमा अध्यक्षका दुवै उम्मेदवारहरुलाई छलफलका लागि बोलाइएको थियो । तर छलफल गर्ने भनेर निर्वाचन समितिले विधानमै नभएको आधा आधा कार्यकालको प्रस्ताव गरेको र त्यसलाई आफुले सोझै इन्कार गरेको उम्मेदवार भोला श्रेष्ठले बताउनुभयो । थारु पत्रकार संघले नेतृत्वको अवसर पाइसकेकोले उम्मेदवारी फिर्ता गराएर नेवार समुदायलाई अवसर दिनुपर्ने आफुले भनाइ राखेको उहाँले बताउनुभयो ।
उम्मेदवारहरुको छलफल पछि पनि निर्वाचन समितिले प्रतिनिधिहरु विच छलफलको वातावरण बनाएन तर एकैचोटी मतदान गराउने सूचना सुनाएको थियो । फोनिजको समावेशी सिद्धान्त, समानुपातिक प्रतिनिधित्व, सबै समुदायले समान अवसर पाउनुपर्ने निति अनुसार निर्वाचन समितिले थारु पत्रकार संघको उम्मेदवारी फिर्ता गराउने तर्फ प्रयास गरेको देखिएन । थारु पत्रकार संघसँग छलफल गरियोस् भन्ने प्रतिनिधीहरुको मागमा पनि निर्वाचन समितिले वास्ता गरेन । अध्यक्षमा सुनिल चौधरीको दाबी आदिवासी जनजाति भन्दा पनि राजनैतिक हिसाबले आएको चर्चा चलिरहेकै अवस्थामा निर्वाचन समितिको यो कदमले निर्वाचन समिति नै राजनैतिक प्रभावमा परेको हो कि भन्ने सोँच्न प्रतिनिधिहरु बाध्य भएका थिए ।
अध्यक्षमा सुनिल चौधरीको दाबी आदिवासी जनजाति भन्दा पनि राजनैतिक हिसाबले आएको चर्चा चलिरहेकै अवस्थामा निर्वाचन समितिको यो कदमले निर्वाचन समिति नै राजनैतिक प्रभावमा परेको हो कि भन्ने सोँच्न प्रतिनिधिहरु बाध्य भएका थिए ।
स्मरणीय छ, सुनिल चौधरी यसअघिको जिल्ला कार्यसमितिमा उपाध्यक्ष थिए । अध्यक्ष नविन गुरुङसँग उनको टकरावका कारण संस्थाको कुनैपनि गतिविधि अघि बढेको थिएन । करिब तीन हप्ता अघि अधिवेशन आयोजना गर्ने सम्बन्धि बैठकमा उनीहरु विचको गैरसंस्थागत कार्यशैली छताछुल्ल भएको थियो । उक्त बैठकमा सुनिल चौधरी आफैले आफ्नो व्यक्तिगत रकमले फोनिजका कार्यक्रमहरु सम्पन्न गरेको अभिव्यक्ति दिएका थिए । यसरी व्यक्तिगत रकमले संस्थाको गतिविधि गर्नु संस्थागत आर्थिक क्रियाकलाप र पारदर्शिता भित्र पर्दैन । यस सन्दर्भमा तत्कालिन कार्यसमितिको अक्षमता र आर्थिक पारदर्शिताको सवालमा तत्कालिन कार्यसमितिको उपाध्यक्षका हिसाबले सुनिल चौधरी आफै पनि जिम्मेवार छन् र उनले स्पष्ट पार्नैपर्छ भन्ने छलफल पनि भएको थियो ।
यस सन्दर्भमा तत्कालिन कार्यसमितिको अक्षमता र आर्थिक पारदर्शिताको सवालमा तत्कालिन कार्यसमितिको उपाध्यक्षका हिसाबले सुनिल चौधरी आफै पनि जिम्मेवार छन् र उनले स्पष्ट पार्नैपर्छ भन्ने छलफल पनि भएको थियो ।
साँझको समयमा एक्कासी निर्वाचन समितिका एक सदस्यले ‘अब चुनाब गर्ने हो आफ्नो मतदाता बोलाउनुस’ भन्ने मौखिक निर्देशन दिएपछि केही उम्मेदवारहरुले फर्किसकेका प्रतिनिधिहरुलाई फिर्ता बोलाएका थिए । तर पुनः निर्वाचन समितिले प्रतिनिधीहरुको उपस्थिती विधानको व्यवस्था भन्दा कम भएकोले चुनाव गर्न नसकिने भनेपछि केहीबेर विवाद भएको थियो ।
यही विचमा नेवा पत्रकार राष्ट्रिय दबु सुनसरीले निर्वाचन समितिलाई एक पत्र लेखि फोनिजको अभ्यास, विगतको समझदारी र सहमतिलाई लत्याएर पटक पटक एउटै जाति विशेषलाई नेतृत्व दिने गरी निर्वाचन समितिले चालेको षड्यन्त्रमुलक कदमप्रति आपत्ति जनाउँदै फोनिजसँगको आवद्धता त्यागेको पत्र थमाएको थियो । दबुका सुनसरी सचिव रश्मी प्रधान, केन्द्रिय पार्षदहरु महेश श्रेष्ठ र भोजराज श्रेष्ठ, प्रदेश परिषद सदस्य सोहन श्रेष्ठ लगायतको हस्ताक्षर सहितको सो पत्रमा यस्तो हर्कतले फोनिजबाट समुदायको समानुपातिक बिकास नहुने ठहर गर्दै आवद्धताको अर्थ नभएको उल्लेख गरिएको छ । यसअघि नेतृत्वको अवसर पाइसकेको समुदायलाई फिर्ता गराई नेवार समुदायका उम्मेदवार भोला श्रेष्ठलाई अध्यक्ष घोषणा गर्न समेत सो पत्रमा माग गरिएको छ ।
यसैविच नेवा पत्रकार राष्ट्रिय दबु सुनसरी अध्यक्ष मोहन श्रेष्ठ, तामाङ पत्रकार संघ सुनसरी अध्यक्ष विनादेवी तामाङ र फोनिज सुनसरीका पुर्वअध्यक्ष धिरेन्द्र चौधरीले एक विज्ञप्ति प्रकाशित गरी फोनिज सुनसरीलाई एकल जाति विशेषले राजनैतिक चलखेल, संख्या र षड्यन्त्रका आधारमा कब्जा गर्न खोजेको प्रति विरोध गरेको छ । राजनैतिक चलखेलबाट प्रेरित भई नेतृत्वलाई एउटै जातिय समुदायमा केन्द्रित गर्ने, अल्पसंख्यक उत्पिडित जातिलाई नेतृत्वमा आउन नदिने सो कदमलाई निर्वाचन समितिले समेत बढावा दिएकोप्रति आपत्ति जनाइएको छ । फोनिजको उद्धेश्य र भावनालाई आत्मसात गर्दै सहमति र समझदारीको वातावरण बनाइ आदिवासी जनजातिको एकतालाई अक्षुण्ण राख्न विज्ञप्तिमा माग गरिएको छ ।
निर्वाचन समितिले निर्वाचन पद्धतिमा जाने भन्दै शुक्रबार विहान ८ बजेको समय दिएर सूचना प्रकाशित गरेको छ । यता निर्वाचन समिति सदस्य दिपिन राईले भने सहमति र समझदारीलाई नै प्राथमिकता दिने स्पष्ट पार्दै शुक्रबार अध्यक्षका उम्मेदवारहरुलाई बोलाएर सहमति गराइने बताउनुभएको छ ।
..................