घर केवल बाहिर देखिने हाउजिङ मात्र होइन । त्यसभित्र भएको सामानको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । घरमा अव्यवस्थित हुँदा त्यसको शोभा नै बिग्रन्छ । त्यो कुरामा ध्यान कमैको मात्र जान्छ ।
घरको व्यवस्थापन बिग्रियो, फोहोर भयो भने हामी आफूमा भएको कतिपय कुराहरु कुण्ठित भइरहेका हुन्छन् । हाम्रो शरीरमा भएको उर्जालाई पनि सही तरिकाले प्रयोग गर्न सक्दैनौं । सफा सुग्घर र व्यवस्थित घरले हामीमा नयाँ उmर्जा दिन्छ, मनमा शान्ति दिन्छ । हाम्रो घरलाई अर्कोपटक व्यवस्थित गर्न वा बाँकी रहेको भागलाई पुनः डिजाइन गर्दा हाम्रो अनुभवमा परिवर्तन हुन्छ र फ्रेस भएको महसुस गर्न सकिन्छ ।
यसरी सजाउनुहोस् आफ्नो घर
थोरै सामान
एक ठाउँमा धेरै सामान राख्दा त्यसले कोठाको सजावटमा समेत अवरोध गर्छ । जहाँ सुकै पनि ठाउँ हेरेर जतिसक्दो कम सामान राख्नुपर्छ । सामानहरु एकैठाउामा जम्मा नगरेर काम लाग्ने सामानहरुलाई सजायर राख्नुपर्छ र जुन सामान काम लाग्दैन त्यसलाई घरबाट बाहीर राख्नुपर्छ ।
सरसफाइमा ध्यान दिनुपर्छ
यदि हामीले घर सफा राख्यौ भने घरमा विताएका हरएक पल विषेश हुनेछन् ।
प्राकृतिक ऊर्जा
घरको बैठक कोठामा प्राकृतीक लाइटहरुको प्रयोग गर्नुपर्छ । हामीले मैनबत्तीको पनि प्रयोग गर्न सक्छौ । यो कुरामा भने ख्याल गर्न पर्छ, बत्तीको लाइटलाई व्यवस्थापन गर्न सक्नु पर्छ नत धेरै बढी नत कम । सीलिङमा भएको बत्तीको प्रकाश बाट बच्नुस् ।
घरमा लगाउने रङ सही छान्नपर्छ
रगं हाम्रो मन स्थिर राख्न सहयोग गर्छ । घरमा हरीया बोटहरु लगाउनुपर्छ । यसले मनमा सकारात्म कुरा ल्याउन सघाउन्छ ।
सुत्नेकोठा सादा बनाउनुपर्छ
सुत्नेकोठामा धेरै सजाउन नलाग्दा हुन्छ । बनिबनाउ सामानहरु सुत्नेकोठा भन्दा बाहीरै राख्नुपर्छ र प्रविधिगत कुराहरु कोठाभन्दा बाहीर राख्दा राम्रो हुन्छ ।