उनको इच्छा पूरा भयो भएन, उनले कसलाई कसरी चाहे मलाई थाहा छैन तर मलाई भने उनले यसरी फोन गरेर भेट्न चाहे । ‘म बाँचेँ । निको भएँ । अलिअलि हिँड्न सक्ने भएको छु । भेट्न मन लागेको छ । तपाई आऊ न है !’ बोली मिठो सुनिरहुँ जस्तो छ । उनको आफ्नै किसिमको भाषा छ । पद संगति नमिलेका वाक्यहरु प्रयोग गर्छन् । गुनासो गर्ने ठाउँ छैन । एक त उनको लबज नै त्यस्तै हो भने अर्को त उनको औपचारिक शिक्षा बिनाको बोली हो । सेल्फ स्टडी हो । विद्यालय जाने अवसर पाएनन् उनले । पत्याउनै कठिन उनी ठूला साहित्यकार हुन् । पूर्वाञ्चलका बरिष्ठ साहित्यकार हुन् ।

चार महिना अघि उनी बिमारले थलिएर डाँडाका जुनघाम भइसकेका थिए । थाहा पाउने इष्टमित्र एवं साहित्यकारहरुले स्वास्थ्य लाभको कामना गरे र मुख हेरे । हामी पनि म र तारा पराजुली उनै जि.बी.लुगुनलाई भेट्न गयौँ । इटहरीको पशुपति चोकदेखि पूर्व ट्याङ्ग्रा खोलाको पुल तर्न साथ बाटा उत्तरको घरको माथि सबैले देख्ने गरी ‘लुगुन साहित्य प्रतिष्ठान’ लेखिएको बोर्ड टाँगिएको छ । सानो चिटिक्क परेको घर, घरिघरि सुनसान एक्लै टामाटुमी बसिरहेका भेटिन्छन् उनी । यता हे¥यो भित्तो, उता हे¥यो भित्तो लाचार कोठा रुँगिरहन्छन् । यसपाली भने यही २०७२ साल चैत्र १३ गते शनिबार म र लक्ष्मी उ.मा.वि. लक्ष्मीमार्गका वि.व्य.स. अध्यक्ष अर्जुन राई विहान उनलाई भेट्न गयौँ । बाहिर आँगनबाट राम्ररी टिठ्यायौँ । उनले हामीलाई अघि देखिसकेछन् । हर्षले गद्गद् भएर जम्लाहात गर्दै बाहिर सिकुवामै आए उनी । अघिल्लो पटक भेट्दा ओछ्यानको ओछ्यानै भेट भएथ्यो उनीसँग तर यसपाली भने स्वागत गर्दै बाहिर लिन आउँदा र उनको त्यो उज्यालो मोहोडा देख्न पाउँदा मृत्युलाई एकफेर जितिसकेछन् जस्तो लाग्यो । ‘लु म त आज कति खुसी भएँ, भएँ । लु एतै आउन’ हामी भित्र गयौँ । ‘लु हतार नगरी एकछिन बस्नुहोस् ।’

उनको आफ्नै किसिमको भाषा छ । पद संगति नमिलेका वाक्यहरु प्रयोग गर्छन् । गुनासो गर्ने ठाउँ छैन । एक त उनको लबज नै त्यस्तै हो भने अर्को त उनको औपचारिक शिक्षा बिनाको बोली हो । सेल्फ स्टडी हो । विद्यालय जाने अवसर पाएनन् उनले । पत्याउनै कठिन उनी ठूला साहित्यकार हुन् । पूर्वाञ्चलका बरिष्ठ साहित्यकार हुन् ।

हामी उनका पुस्तकहरु राखिएको कोठा जहाँ उनलाई सम्मान गरिएका सम्मान÷प्रशंशा पत्रहरु भित्ताभरि झुण्डिएका छन् । जिन्दगीका धेरै सम्झनाका तरेलीहरु कोठाभरि छरपष्ट छन्, त्यहीँ बस्यौँ । उनी भ¥याङ छेउमा गई ठाडो घाँटी लगाएर ‘ए बुहारी ! ए बुहारी ! भन्दै हामी आएको जानकारी गराए । ‘बुहारी ! मलाई साह्रै माया गर्ने मान्छे आउनुभाको छ  है । ‘हुन्छ बुबा’ भन्दै बुहारी लगत्तै तल ओर्लेर हामीलाई स्वागत गरिन् र फेरि माथि नै चढिन् । त्यसपछि भने उनले आफ्नो  सुत्ने बस्ने कोठामा हुले हामीलाई । वृद्ध अवस्थाको जीर्ण शरीर, त्यत्रो पल्लोफाल भएर उम्केका मान्छे कति उत्साह छ । हाम्रो उपस्थितिमा बहुतै प्रफुल्ल छन् । भूइँमै बस्न भने अनि उनी पनि जुवारीकोट लगाएर पलेँटी कसेर बसे । तपाईहरुले असाध्ये माया गरेको मान्छे म । मलाई लक्ष्मीमार्गमा प्रमुख अतिथि बनाएर कार्यक्रम ग¥यौ तपाईहरुले भन्दै प्रसन्न मुद्रामा आगत विगतका कुरा गरे उनले । 

Baagiyaan Vol 1

साहित्यलाई असाध्ये माया गर्ने र साहित्यमै रमाउने उनी साहित्यिक कार्यक्रम भनेपछि जहाँ पनि हामफाली हाल्ने सजिला, हल्का लुगुन सुनगाभा साहित्य समाज डाँगीहाट, मोरङको आयोजनामा भएको कवि गोष्ठी तथा पुस्तक विमोचन कार्यक्रममा सहभागी भए । हाम्रो निम्तोलाई स्विकार गरी हामीलाई माया गरे । मोरङ, सुनसरीका कार्यक्रमहरुमा प्रायः उनी छुट्दैनथे । त्यही अवसरमा हाम्रो भेट भइरहन्थ्यो । यी सबै कुराको स्मरण गरे उनले । धेरै साहित्यिक सँस्थाहरुले समेत उनलाई सम्मान, पुरस्कृत गरेका कुरा स्मरण गराए । त्यसमा पनि २०६७ साल पौष ९ गतेको शुक्रबार विशेष दिन रह्यो उनका लागि । सबैभन्दा खुसी त्यस दिन भएका रहेछन् । किनभने बेलायतका साहित्य प्रतिष्ठानले उनलाई प्रज्ञा भवनमा भव्यताका साथ सम्मान गरेका थिए । ‘मैले केही गरेको रहेछु जीवनमा, त्यसैले मलाई सबैले माया गरे, म अत्यन्त खुसी छु’ भनेर गर्व गर्छन् उनी । हुन पनि जीवनका धेरै उकाली ओरालीमा धेरैको साथ पाएका छन् उनले । भोजपुरको विकट गाउँ हुर्बुमा ९३ वर्ष अघि जन्मेका उनी बाबु दहवीर र आमा हीराश्वरी राईका सन्तान हुन् । पहाडी जनजीवनको अभावमा हुर्केका उनले पढ्ने प्रेरणा कहीँबाट पाउन सकेनन् । बरु १६ वर्षको उमेरमा गोरखा भर्ती लाग्न पुगे । स्वाभिमानी लुगुनले बेलायतले गरेको अंग्रेज सेना र गोरखालीबीच गरेको विभेदकारी व्यवहार सहन सकेनन् । समान सेवा, सुविधा हुनुपर्ने माग राख्दै बहाल अवस्थामै सैनिक कानुन विपरित विद्रोह गरे, अनसन बसे र अन्त्यमा कार्वाहीमा परेर १० वर्ष पुगिसकेको जागिर चटक्क छोडेर नेपाल फर्किए । आफ्नै देशमा खनिखोस्री गरेर जीविकोपार्जन गर्दै गए । कर्मयोद्धा लुगुन जसले आफ्नै स्वअध्ययनबाट साहित्यमा डुबुल्की मार्न थाले । बिस्तारै उनी साहित्यिक रुपमा बाहिर देखा पर्न थाले । कस्तो अचम्म ! औपचारिक शिक्षाको सर्टिफिकेट छैन उनीसँग तर लगभग १३ वटा पुस्तकका धनी हुन् उनी । साकेला(उँभौली)–२०२७, साकेला(उँधौली)–२०३०, किरात अस्तित्व–२०३४, मानव इतिहास–२०४२, साहित्य सौगात(कविता संग्रह)–२०४५, हिन्दु धर्ममा ब्राम्हणरुको विश्लेषणात्मक टिप्पणी–२०४८, बुद्धको महानताः अक्षय निधि–२०५२, साहित्य सागर–२०५४, आफ्नै जीवनीः आत्मा वृत्तान्तको शब्दचित्र–२०५५, रसिक इस्मारिका आदि जस्ता महत्वपूर्ण पुस्तकहरु प्रकाशित भइसकेका छन् । चमत्कारीक रुपमा साहित्यका पुरुषार्थ लुगुनका पत्रपत्रिका, पुस्तकहरुमा लेख–भूमिकाहरु प्रकाशित भएका छन् । यस्ता अत्यन्त उर्जाशील व्यक्ति जसले जीवनमा कहिल्यै खाली बस्ने काम गरेनन् । ड्राइभर, सैनिक, फोटो ग्राफर, कृषक, होटल व्यवसायी जस्ता कामको अनुभव सँगाल्दै अन्त्यमा गएर नेपाली भाषाको सेवा गरेर उनी ठूला साहित्यकार बन्न सफल भएका छन् । व्यक्तिको सफलता नै उसको उर्जा र भावना हो । ठूल्ठूला साहित्यकाररुको पृष्ठभूमि यस्तै खालको पाइन्छ । कक्षा आठ मात्र पढेका विलियम शेक्सपियर संसारका प्रसिद्ध नाटककार बने । साहित्यका भूइँफुट्टा झाँक्री जीबि लुगुन यही कोटीमा पर्छन् । २०१६ सालमा उनको एउटा कविता पुरस्कृत भएपछि उनको साहित्य अघि बढ्दै गएको देखिन्छ ।

साहित्यका भूइँफुट्टा झाँक्री जीबि लुगुन यही कोटीमा पर्छन् । २०१६ सालमा उनको एउटा कविता पुरस्कृत भएपछि उनको साहित्य अघि बढ्दै गएको देखिन्छ ।

साहित्य र संस्कृतिका बारेमा गफ भए हाम्रा । साहित्य र संस्कृतिलाई असाध्ये माया गर्ने लुगुनले किरात अस्तित्वका बारेमा पुस्तक लेखेर पाठक सामु पु¥याईसकेका छन् । साकेला शिलीमा रमाउने लुगुन ‘यदि साकेला जस्तो संस्कृति थिएन भने राईहरुको अस्तित्व के हुन्थ्यो होला र यो संस्कृतिले राईहरुलाई जीवन्त बनाएको छ’ भन्छन् । दर्शकहरुलाई पनि पाखुरामा डोहो¥याएर साकेलाको घेरामा हुलेर साकेला नचाउँथे रे । आफैँ ढोल बजाउँदै बाजाको तालमा खुट्टा मिलाएर मज्जासँग नाच्थे रे । जीवनमा धेरै काम गरे । हौसिए, रौसिए तर अब उनी शरीरले थाकेका छन् । करेसो उनलाई भीर भइसकेको छ । मनले भने थाकेका छैनन् । तन बुढो भए नि मन बुढो भएको छैन उनको । ‘मेरै यो लुगुन प्रतिष्ठानमा कुनै सँस्थाले साहित्यिक कार्यक्रम गरिदिए हुन्थ्यो’ भन्ने चाहना राख्छन् । कतै कार्यक्रममा भने उनी जान सक्न छोडेका छन् र अब अन्यत्र कार्यक्रममा अग्लो कदको, गन्न सकिने चुस्स दाह्री भएको, सुकिला लुगा लगाएको हँसिलो, उज्यालो मान्छेको उपस्थिति विरलै पाइएला । सुस्ताएको शरीरलाई एकान्त घरमा लडाएर हिम्मतकासाथ बाँचिरहेका छन् जीबी लुगुन । 

साहित्य साधनामा साधनारत लुगुनले कयौँ सुशुप्त प्रतिभालाई जागरुक गराएका छन् । अच्छा राई रसिक जसले साहित्यको माया गरेका थिए । नेपाली भाषा, संस्कृतिको उत्थानका लागि कर्म गरेका थिए । त्यस्ता ओझेलमा परेका व्यक्तित्वलाई  जीवित राख्न र प्रेरणाका स्रोत बनाई राख्न ‘अच्छा राई रसिक’ प्रतिष्ठानका श्रेष्ठ संस्थापक बने । यस संस्थाले अहिलेसम्ममा धेरै साहित्यकारहरुलाई सम्मान गरिसकेको छ । त्यसैगरि साहित्यको सेवा गर्नेहरुलाई सम्मान होस् र भौतिक शरीरको अनुपस्थितिमा पनि साहित्यका लागि प्रेरणा बनिरहोस् भन्ने उद्धेश्यले ‘लुगुन साहित्य प्रतिष्ठान’ नामक सँस्था जन्माएका छन् । साहित्यकारको सम्मानका लागि पाँच लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेका  छन् । यस सँस्थाले पूर्वाञ्चलकी नारी हस्ताक्षर रेखा सुवेदीलाई सम्मान गरिसकेको छ । 

आफ्नो शरीर पनि कसैलाई कामयाव होस्, खेर नजाओस् भनेर धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शरीर दान गरिसकेका छन् । यस्ता महान व्यक्तित्व जसले आफैँले आपूmलाई कुँदेर आफ्नो सम्पूर्ण साहित्य बर्कत साहित्य सेवामा समर्पण गरे जसको जीवन अत्यन्त संघर्षमयी बन्यो र अहिले आएर जीवनको उत्तराद्र्धमा मृत्युसँग लड्दालड्दा मृत्युलाई नै थकाएर गर्व गर्दैछन् । त्यही गर्वानुभूतिमा आफ्ना साहित्यिक मित्रहरुसँग पुनर्मिलनको प्रगाढ चाहना राखेका छन् । मलाई पनि जो एकफेर मृत्युलाई जिति सकेका साहित्यिक जोधाहा जि.बी. लुगुनसँग पुनः भेट्ने अवसर मिल्यो । अन्त्यमा हामीसँगको लगभग एक घण्टा बसाइलाई विदाई गर्दै उनले ‘आदरणीय मेरा साहित्यका हितैषी साथिहरुमा÷बिरामी भएर ओछ्यानमा थलिएको पनि आज ठ्याक्कै छ महिना भएछ । सुतिरहेको छु, सिगरेट चुरोट तानिरहेको छु । यो बटारिँदै बटारिँदै गएको चुरोटको धुवाँसित मेरो मन पनि बटारिँदै बटारिँदै कतातिर जान्छ । तरै पनि बाँच्छु नै जस्तो लाग्दछ । हरेश चाहीँ खाएको छुइन’ जस्ता आत्मा अभिव्यक्ति लेखिएका केही हाते चिर्कटोहरु थमाउँदै मेरा साहित्यकार मित्रहरुको हातमा पुगोस् भनेर अनुरोध गरे । त्यसैगरि केही चिठीहरु पनि दिँदै यो रेखालाई दिनु, यो तारालाई दिनु भन्दै अनुरोध गरे । त्यसपछि हामी बाहिरियौँ, जिर्ण शरीर उठेर बाहिर सिकुवासम्म आए । विदाइको अभिवादन गरे, माथि हात उठाएर बाई गरी उभिरहे अनि विस्तारै उनको अगाध माया साँच्दै हामी उनीबाट ओझेलियौँ । 

सुनगाभा साहित्य समाज डाँगीहाट, मोरङ

..................