धरान : पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा भोली बुधवार देखी कम्प्युटर सफ्टवेयर आइटिका विद्यार्थीहरूको प्रतिस्पर्धात्मक एसेस फेस्ट सुरु हुँदैछ ।
धरान–८ स्थित क्याम्पसको कलेजको खेल मैदानमा सञ्चालन हुने फेस्ट क्याम्पसका विद्यार्थीहरूको एशोसिएसन अफ कम्प्युटर इन्जिनियर स्टुडेन्ट र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा हुने एसेसका अध्यक्ष दिनेश नेपालले बताए ।
उनका अनुसार आइटीका विद्यार्थीहरू बिच प्रतिस्पर्धात्मक क्षमता विकासको लागि उत्प्रेरण बढाउन एसेसले फेस्टको आयोजना गर्दै आएको छ । यसपालिको एसेस टेक फेस्ट सातौँ पटक आयोजना गरिएको हो ।
फेस्टमा नेपालका सबै ठाउँबाट सहभागीहरू आउने छ । यसपालि धरान, इटहरी, मोरङ, झापा, पोखरा, काठमाडौँ, बुटवल लगायतबाट ५ हजार भन्दा बढी विद्यार्थीहरू फेस्टमा प्रतिस्पर्धा गर्न आउने अनुमान गरिएको छ ।
फेस्टमा अवलोकन गर्न आइटीका व्यवसायी, प्रयोगकर्ता सर्वसाधारणको उत्तिकै सहभागिता हुने आयोजक एसेसका अध्यक्ष दिनेश नेपालले बताए । उनका अनुसार फेस्ट आइटी एजुकेसन प्रबर्द्धन, अवसर र विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि आयोजनालाई निरन्तरता दिइएको हो ।
फेस्टमा आइटी विद्यार्थीहरूले आ–आफ्नो विभिन्न प्रोजेक्ट प्रदर्शन गर्नेछन् । प्रोजेक्ट हेर्न तथा अवलोकन गर्न धरानका विभिन्न विद्यालय वाट विद्यार्थीहरू आउने गरेका छन् । फेस्टमा आइटी सम्बन्धी विभिन्न स्टल रहने छ ।
आइटिको क्षेत्रमा रुचि भएका विद्यार्थीहरूको लागि फेस्ट उपयोगी रहँदै आएको छ । फेस्टमा इन्र्टन विद्यार्थीहरूको प्रोजेक्ट सो हेर्न व्यवसायीक कम्पनीका प्रतिनिधिहरू आउने गरेका छन् । उनीहरूले विद्यार्थीको क्षमता अनुसार जव अवसर समेत दिने गरेको छ ।
फेस्टको अवसरमा आयोजना गरिने ह्याकेथन कम्पिटिशन अर्को आकर्षण रहने छ । ह्याकेथन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमले नगद १ लाख ८० हजार रुपैयाँ, ट्रफि प्राप्त गर्नेछ ।
प्रतियोगितामा देशभरका ३५ भन्दा बढी टिम सहभागी रहने एसेसका जनसम्र्पक प्रमुख अमोघ भट्टराईले बताए । फेस्टमा एआर वघण्ड, क्याप्चर द फ्ल्याग्, युआइ युएक्स डिजाइन, गुगल मेस्ट्रो, गेम फेस्टिभल लगायत कम्पिटिसन हुने छ ।
कम्पिटिसनका सबै टिम तथा खेलाडीले नगद पुरस्कार गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । फेस्ट बिहान १० बजे देखि साँझ ५ बजे सम्म दैनिक सञ्चालन हुनेछ । समापनमा सांगेतिक कार्यक्रम हुनेछ ।